कूटनीति

विघटन बदर गर्ने सर्वाेच्चको फैसला नेपालको आन्तरिक मामिला हो : भारत

इकागज |
फागुन १३, २०७७ बिहीबार २१:१० बजे

फाइल तस्बिर

काठमाडौँ  : भारतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वाेच्च अदालतको फैसला नेपालको आन्तरिक मामिला भएको बताएको छ । भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मंगलबारको सर्वाेच्चको फैसलालाई अध्ययन गरेको बताएका हुन् । 

 उनले नेपालको राजनीतिक घटनालाई नजिकबाट भारतले हेरिरहेको पनि बताए । नेपालले आफ्नो आन्तरिक विषयलाई लोकतान्त्रिक पद्धतिमार्फत समाधान गर्ने विश्वास भारतको रहेको उनले बताए । 
 



Author

थप समाचार
x