कूटनीति

पाँच तस्बिर

नरवणेको बसन्तपुर दौड : ढाका टोपी लगाए, कुमारीको दर्शन गरे

सरोज बैजु |
कात्तिक १९, २०७७ बुधबार १७:३८ बजे

काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले जिवितदेवी कुमारीको दर्शन गरेका छन् । बुधबार अपरान्ह काठमाडौंको बसन्तपुर पुगि उनले जिवितदेवी कुमारीको दर्शन गरेका हुन् ।

इण्डियन एयर फोर्सको विमानबाट आज नेपाल आएका नरवणे कुमारीको दर्शनका लागि उनी आफ्ना श्रीमती विना नरवणेसहित वसन्तपुर पुगेका थिए । सो क्रममा उनले वसन्तपुर स्क्वायरको अवलोकन गरेका हुन् ।


भारतीय सेना प्रमुख नरवणेलाई भोलि राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमको बीच राष्ट्रपति विद्या भण्डारीले नेपाली सेनाको मानाथ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । हेर्नुस्, बसन्तपुर पुगेका नरवणे तस्बिरमा यस्तो देखिन्छन् :

 


Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।


थप समाचार
x