रोग र उपचार

क्यान्सरका बिरामीलाई हवाई भाडामा शतप्रतिशत छुट

इकागज |
माघ २१, २०८० आइतबार २१:५७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल वायुसेवा निगमले क्यान्सर पीडित बिरामीलाई निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको छ । 

 निगमले काठमाडौँ-दिल्ली-काठमाडौं हवाई उडानमा क्यान्सर बिरामीलाई भाडामा शतप्रतिशत र बिरामी कुरुवालाई ५० प्रतिशत छुट दिएको निगमले जनाएको छ । यस्तो सेवा डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसको आधारमा निगमले छुट सेवा प्रदान गर्दै आएको छ ।


निगमको यस सेवा मार्फत सन् २०२३ मा ७७० जना यात्रुले छुट सुविधा पाएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।


Author

थप समाचार
x