रङ्गमन्च

महिला हिंसाविरुद्ध ‘अभिप्सा’ मञ्चन हुँदै

इकागज |
मंसिर ११, २०७९ आइतबार २२:२ बजे

काठमाडौं- लैङ्गिक हिंसाविरुद्ध १६ दिवसीय अभियान कचहरी नाटक मञ्चन हुने भएको छ । ‘दृश्य सादृश्य’ को प्रस्तुतिमा तयार पारिएको ‘अभिप्सा’ नामक नाटक मञ्चन हुने भएकाे हाे ।

सालिक भण्डारीको लेखन र सरस्वती अधिकारीको निर्देशन रहेको ‘अभिप्सा’ काठमाडौ‍ंका विभिन्न विद्यालयहरूमा देखाइने छ ।


नाटकले महिला भएकै आधारमा महिलामाथि हुने विभेदको कथा देखाउने छ । मंसिर १२ गतेबाट हुने नाटक बूढानीलकण्ठ नगरपालिकाका विभिन्न स्थानहरूमा देखाइने छ । 

नाटकमा गाउँ, ठाउँ, समाज र परिवारभित्रै हुने हिंसाका विभिन्न घटनाहरू देखाएको छ ।

नाटकमा सुवास सुवेदी, सुशील सिंह ठकुरी, सगुन पोख्रेल, शान्ति भट्टराई, सरस्वती अधिकारी, अस्मिता ढकाल, कुल दीप अधिकारी, रामकुमार थामी , उन्नत उप्रेतीलगायतका कलाकारहरूको भूमिका देख्न सकिन्छ ।


Author

थप समाचार
x