शिक्षा

झापामा महिला अङ्ग्रेजी शिक्षकको सम्मेलन हुँदै

इकागज |
मंसिर २०, २०७९ २१:४१ बजे

फाइल फोटो

झापा - अङ्ग्रेजी विषयका महिला शिक्षकको सशक्तिकरण गर्ने उद्देश्यले झापामा पहिलोपटक ‘महिला अङ्ग्रेजी शिक्षक सम्मेलन’ हुने भएको छ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक एशोसिएशन (नेल्टा) झापाको आयोजनामा  यही मङ्सिर २३ र २४ गते विर्तामोडमा सो सम्मेलन हुन लागेको  हो ।  

सम्मेलनमा जिल्लाका तीन सय बढी महिला शिक्षिकाको सहभागिता रहने नेल्टाका अध्यक्ष धमेन्द्र भट्टराईले जानकारी दिए ।  सम्मेलनमा नेल्टाकी अध्यक्ष  मोतिकला सुब्बा देवान, सल्लाहकार हेमन्तराज दाहाल, वरिष्ठ उपाध्यक्ष लक्ष्मण ज्ञवाली, युनिसेफकी शिक्षा विशेषज्ञ वैशाली प्रधान, टोष्ट माटर्सकी अध्यक्ष एञ्जिला विष्टलगायतको प्रस्तुति रहने उनले बताए । 


जिल्लाका सामुदायिक, नीति तथा अङ्ग्रेजी विषय पढाइरहेका महिला शिक्षकको उक्त सम्मेलनमा सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । 
रासस


Author

थप समाचार
ad
x