शिक्षा

हल्ट प्राइजको उपाधि सीएनसाइसर्सलाई

इकागज |
माघ २५, २०७९ बुधवार १६:५१ बजे

काठमाडौँ- हल्ट प्राइजको उपाधि सीएनसाइसर्सले जितेको छ । ललितपुरको पुलचोकस्थित इन्जिनियरिङ कलेजमा भएको फाइनलपछि सीएनसाइसर्सले हल्ट प्राइजको उपाधि जितेको हो ।

हल्ट प्राइजको फाइनलमा १० टिमबीच प्रतिस्पर्धा भएको आयोजक हल्ट प्राइज एट आइ.ओ.ई ले जनाएको छ । विजेताको आइडिया भनेको फेसन उद्योगमा कपडालाई व्यवस्थित नगरी काटेर उत्पादन गर्ने फोहोरलाई कम गर्ने रहेको थियो ।


सुरुवातमा ७० टिमबाट दोस्रो चरणका लागि ३० टिम छानिएका थिए । त्यसपछिको विभिन्न प्रक्रिया र प्रतिस्पर्धापछि १० टिम अन्तिम चरणमा छनोट भएका थिए ।


Author

थप समाचार
x