शिक्षा

गर्मीले सुर्खेतका निजी विद्यालय जेठ ३० सम्म बन्द

इकागज |
जेठ २५, २०८० बिहीबार १६:५९ बजे

सुर्खेत- गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू जेठ ३० गतेसम्म बन्द हुने भएका छन् । अत्यधिक गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताका लागि पठनपाठन बन्द गरेका हुन् । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को सुर्खेत जिल्लाभरीका विद्यालयलाई एक साताका लागि गर्मी बिदा दिन पत्राचार गरे पछि जिल्लाका निजी विद्यालयहरू बन्द भएका हुन ।


गत जेठ २४ देख बन्द हुन सुरु भएका विद्यालयमा कम्तीमा पनि ३० गतेसम्म पठनपाठन हुने छैन । 

अत्यधिक गर्मीका कारण बालबालिका बेहोस हुन थालेको तथा लूको खतरा बढेकाले स्वास्थ्यमा थप समस्या सिर्जना हुनसक्ने जोखिम बढेको भन्दै विद्यालय बन्द गरिएका हुन् । 


Author

थप समाचार
x