शिक्षा

लर्डबुद्ध एजुकेशन फाउण्डेशन र माइक्रोसफ्टबीच सहकार्य गर्ने समझदारी

इकागज |
फागुन १४, २०८० सोमबार १८:४५ बजे

काठमाडौँ- सूचना प्रविधिसम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन र माइक्रोसफ्ट कम्पनीबीच शैक्षिक सहकार्य गर्ने सम्बन्धमा समझदारी बनेको छ । फाउण्डेशनका अध्यक्ष पङ्कज जालान र माइक्रोसफ्टका नेपाल, बङ्गलादेश एवं भुटान  हेर्ने निर्देशक योसुप फारुखबीच शैक्षिक सहकार्य गर्ने समझदारी भएको हो ।

लर्डबुद्ध एजुकेशन फाउण्डेशनको सभा हलमा नेपाल क्लाउड प्रोफेसनलद्वारा आयोजित डट नेट सम्मेलनपछि माइक्रोसफ्टका निर्देशक फारुख र फाउण्डेशनका अध्यक्ष जालानबीच शैक्षिक सहकार्यको समझदारी बनेको हो ।


फाउण्डेशनले नेपाल क्लाउड प्रोफेसनलसँग समेत सूचना प्रविधिको क्षेत्रमा सहकार्य गरेको छ । सूचना प्रविधिको विकासका लागि शैक्षिक क्षेत्र, दक्ष जनशक्ति उत्पादन लगायतका विषयमा लर्डबुद्धले विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ ।

नेपालको शैक्षिक र आर्थिक विकासमा सूचना प्रविधिको मुख्य भूमिका रहेकाले सम्बन्धित विभिन्न निकायमा सहकार्य गर्दै आएको अध्यक्ष जालानले बताए । विद्यार्थीलाई पढ्दै कमाउँदै नीतिलाई फाउण्डेशनले व्यवहारिक कार्यान्वयन गर्दै आएको उनको भनाई छ ।

माइक्रोसफ्टका निर्देशक फारुखले नयाँ नयाँ प्रविधिको विकास कम्पनीको उच्च प्राथमिकतामा सधैं रहने बताए । औद्योगिक र व्यावसायिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव पूरा गर्नका लागि कम्पनी  सदैव तयार रहेको फारुखले बताए । 


Author

थप समाचार
x