शिक्षा

कानूनविपरित विद्यार्थी भर्ना शूल्क लिए काठमाडौँ महानगरले विद्यालयलाई कारवाही गर्ने

इकागज |
बैशाख ६, २०८१ बिहीबार २१:१८ बजे

काठमाडौँ- कानूनविपरित विद्यार्थी भर्ना शूल्य लिए काठमाडौँ महानगरपालिकाले विद्यालयहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

काठमाडौँ महानगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रचलित ऐन, कानून, मापदण्ड र निर्देशिकाविपरित विद्यार्थी भर्ना शूल्कलगायतका अन्य शूल्क लिए विद्यालयलाई कारवाही गर्ने चेतावनी दिएको हो ।


काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा ऐन, २०७५, काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियामावली, २०७४ तथा संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ को दफा ४.२.६ मा विद्यार्थी भर्ना शूल्क प्रतिमहिना निर्धारण भएको विद्यार्थी शूल्कको १ महिनाको भन्दा बढी लिन नपाइने व्यवस्था रहेको महानगरले जनाएको छ ।


Author

थप समाचार
x