शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयको भिसीमा १६ जना छनोट, कहिले हुँदैछ अन्‍तर्वार्ता ?

इकागज |
बैशाख ९, २०८१ आइतबार १७:३ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि १६ जना छनोट गरेको छ । समितिले जारी गरेको सूचनाअनुसार वैशाख १२ र १३ गते अन्तर्वार्ता हुने भएको छ ।

अन्तर्वार्ता बिहान ११:३० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुनेछ । समितिले सार्वजनिक गरेको सूचनामा शुभनारायण पाठक, अनिलकुमार पोखेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया छन् ।


यस्तै, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, राजकुमार पोखरेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेश राज दाहाल छनोट भएका छन् । समितिले माघ २३ गते पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो ।


Author

थप समाचार
x