शिक्षा

केयूमा अखिल क्रान्तिकारीको तालाबन्दी

इकागज |
बैशाख ९, २०८१ आइतबार १९:९ बजे

बनेपा- धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) को स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्समा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) समर्थित विद्यार्थीले तालाबन्दी गरेका छन् ।

अखिल क्रान्तिकारीले प्रशासनलाई विश्वविद्यालयमा भएको अनियमितताका विषयमा बुझाएको मागपत्र र छात्रवृत्ति वितरणमा भएको सिन्डिकेट कायमै रहेको भन्दै तालाबन्दी गरेको जनाएको छ । 


आफ्ना विभिन्न माग राख्दै अखिल क्रान्तिकारी केयूमा वैशाख २ गतेदेखि नै आन्दोलित रहेको थियो । माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी अखिलले दिएको छ ।


Author

थप समाचार
x