शिक्षा

आर्थिक सर्वेक्षण

आधारभूत तहमा महिला शिक्षकको संख्या ७ प्रतिशतले बढ्‌यो, पुरुषभन्दा महिला शिक्षक बढी

इकागज |
जेठ १४, २०८१ सोमबार ९:१२ बजे

काठमाडौँ- नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ । 

अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसद्‌का दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले उक्त तथ्य औंल्याएको हो ।


शैक्षिकसत्र २०८० मा आधारभूत तह कक्षा (१, ५) मा महिला शिक्षकको संख्या ५४.१ प्रतिशत पुगेको छ । शैक्षिक सत्र ०७९ मा यो संख्या ४७.२ प्रतिशत थियो ।

एक वर्षको अवधिमा महिला शिक्षकको संख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ । यद्यपि माध्यामिक तह (कक्षा (९-१२) मा भने महिला शिक्षकको संख्या कम छ । सो तहमा १९ प्रतिशत मात्र महिला शिक्षक रहेको तथ्यांकले देखाएको छ ।

आर्थिक सर्वेक्षणबारे थप समाचार


Author

थप समाचार
x