समाज

महानगरपालिकाले हटायो स्वयंसेवक शिक्षक

इकागज |
पुस ४, २०८० बुधबार १५:४१ बजे

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाले यही पुस १ गतेदेखि लागू हुने गरी स्वयंसेवक शिक्षकलाई सेवाबाट हटाएको छ । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईका अनुसार महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत सबै स्वयंसेवक शिक्षकलाई हटाइएको जानकारी दिए । नगर शिक्षा समितिको मंगलबार बसेको बैठकले सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण स्वयंसेवक शिक्षकलाई हटाउने निर्णय गरेको थियो । 


महानगरपालिकाले गत साउन १ गतेदेखि आधारभूत तह र माध्यमिक तहमा एक सय ५७ स्वयंसेवक शिक्षक राखेको थियो । रासस  


Author

थप समाचार
x