शिक्षा

एसइई पुरक परीक्षा साउन २३ देखि सञ्‍चालन हुने

इकागज |
असार १६, २०८१ आइतबार २०:२० बजे

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पुरक) परीक्षा साउन २३ गतेदेखि सुरु हुने भएको छ ।

आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको बैठकले साउन २३ बाट ३१ गतेसम्म पुरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।


२३ साउनबाट ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ भने त्यहीअनुसार बोर्डले तयारी गर्ने भएको छ ।

यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो । तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । त्यसपछि बोर्डले अर्को मिति तय गरेको हो । 

गत बिहीबार २०८० सालको एसइईको नतिजा सार्वजनिक गरिएको थियो । जसमा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो ।


Author

थप समाचार
x