शिक्षा

निमा एकेडेमीले ल्यायो ‘जुनियर मेगामाइण्ड’ एप्स

इकागज |
चैत ३०, २०७८ बुधवार १२:० बजे

काठमाडौँ- नीमा एकेडेमीले दूर शिक्षासँगको सहकार्यमा जुनियर मेगामाइण्ड नामक एप्स सार्वजनिक गरेको छ । बालबालिकाको रुची अनुसारको पाठ्यक्रममा आधारित उक्त एप्स नेपालमा स्टिम कोर्षलाई विस्तार गर्न नीमा एकेडेमी र दूर शिक्षाद्वारा संयुक्तरूपमा आइतबार सार्वजनिक गरेको हो ।

नीमा एकेडेमीले चार वर्षदेखि शिक्षालाई सबैको पहुँचमा पुर्याएर नेपालको शिक्षा प्रणालीलाई थप विस्तार गर्ने प्रयासमा रहेको छ । विद्यालयमा विद्यार्थीले पठनपाठन गर्ने प्रणालीमा डिजिटल रुपान्तरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामग्री प्रदायकहरूसँग साझेदारी गर्दै आएको छ ।


विद्यार्थीलाई विश्वव्यापीरुपमा सक्षम बनाउन नवीन सिँकाई र थप नयाँ कुराहरू खोज्ने क्रममा उक्त एप्स सार्वजनिक गरिएको नीमा एकेडेमीका सीईओ निश्चलमान प्रधानले बताए।
 
दूरशिक्षाका संस्थापक कृष्ण पाण्डेले कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरेर एप्स ल्याइएको बताए । उनका अनुसार जुनियर मेगामाईन्ड पढेर विद्यार्थीले भविष्यमा आफैले नयाँ सामग्री तयार गर्न सक्नेछन् । कन्टेन्ट राइटर खिमबहादुर क्षेत्रीले एप्सले विद्यार्थीलाई आफ्नो समस्या समाधान गर्ने क्षमता र सृजनात्मक सोच बढाउन सहयोग गर्ने जानकारी दिए ।


Author

थप समाचार
x