स्थानीय तह निर्वाचन २०७९

यस्तो छ काठमाडौँ महानगरको पछिल्लो मत अपडेट

इकागज |
जेठ १०, २०७९ मंगलबार ५:४१ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । शाहले लौरो चिन्हबाट शाहले ४८०८९ मत ल्याएका छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २९१८० मत प्राप्त गरेकी छिन् । शाह र सिंहको मतान्तर १८९०९ रहेको छ ।


त्यस्तै एमालेका केशव स्थापितले २८३२६ मत पाएका छन् । हाल मत गणना जारी छ ।


Author

थप समाचार
x