स्थानीय तह निर्वाचन २०७९

लुम्बिनी नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

इकागज |
जेठ १०, २०७९ मंगलबार ६:४४ बजे

भैरहवा - रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका मेयरमा  कांग्रेस र उपमेयरमा  एमाले विजयी भएको छ । कांग्रेसका सजरुद्दीन मुसलमान ८ हजार २११ मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चन्द्रकेश गुप्ता २ हजार ६१५ मतको अन्तरले पराजित भए ।  गुप्ताले ५ हजार ५९६ मत पाए ।

उपमेयरमा एमालेकी कल्पना हरिजन निर्वाचित भएकी छन् । ६ हजार १६९ मत पाएर निर्वाचित हुँदा जनता समाजवादी पार्टीकी सबनम जहाँ शेषले ४ हजार ९०९ मत पाएकी छन् ।



Author

थप समाचार
x