स्थानीय तह निर्वाचन २०७९

दाङमा ठूलो पार्टी बन्यो कांग्रेस

इकागज |
जेठ १२, २०७९ बिहिवार २०:१७ बजे

फाइल फोटो

दाङ - हालै सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत दाङमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । जिल्लाका १० स्थानीय तहमध्ये कांग्रेसले पाँच, माओवादी केन्द्रले तीन र एमालेले दुई स्थानीय तहमा विजय हासिल गरेको छ । 

यहाँका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ । घोराहीको नगरप्रमुखमा नरुलाल चौधरी, उपप्रमुखमा हुमा डिसी विजयी भएका छन् भने तुलसीपुरको नगरप्रमुखमा टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका छन् । कांग्रेसले लमही नगरपालिकासहित राजपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजय हासिल गरेको छ । यी पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुवै जितेको हो । 


माओवादी केन्द्रले बंगलाचुली, राप्ती र गढवा गाउँपालिकामा विजयी हासिल गरेको छ । यी तीनवटै पालिकाको उपप्रमुखमा भने अन्य पार्टीका छन् । राप्तीको उपप्रमुखमा एमाले, बंगलाचुली र गढवाको उपप्रमुखमा कांग्रेस विजय भएको दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्रबहादुर थापाले बताए । 

वडा तहमा भने एमालेले धेरै सिट जितेको छ । १०० वडा रहेको दाङमा एमालेले ४० वटा वडाध्यक्ष जित्न सफल भएको छ । कांग्रेसले ३७ र माओवादी केन्द्रले १९ वटा वडा जितेको छ । एकीकृत समाजवादी र जनमोर्चाले एक÷एक तथा स्वतन्त्रले दाङमा दुई वटा वडा जितेको छ । रासस


Author

थप समाचार
x