स्थानीय तह निर्वाचन २०७९

काठमाडौँ महानगरसहित तीन पालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

इकागज |
बैशाख ३१, २०७९ शनिबार १३:४० बजे

काठमाडौँ - स्थानीय तह निर्वाचनअन्तर्गत विभिन्न पालिकामा मतगणना भइरहेको छ ।  अधिकांशमा विभिन्न पार्टीका उम्मेदवार अगाडि छन् ।

तर, काठमाडौँ महानगरमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन्द्र) अग्र स्थानमा छन् । उनलाई कांग्रेस र एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । 


काठमाडौँमा मात्रै होइन अन्य दुई पालिकामा समेत स्वतन्त्र उम्मेदवार दलका उम्मेदवार भन्दा अगाडि छन् । जनकपुरमा मनोजकुमा साहले लिड गरिरहेका छन् । उनलाई पनि एमाले उम्मेदवारले पछ्याइरहेका छन् । 

त्यस्तै धुलिखेलमा पनि स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतले गठबन्धनका उम्मेदवारलाई पछि पारेका छन् ।


 


Author

थप समाचार
x