स्थानीय तह निर्वाचन २०७९

स्थानीय तह निर्वाचन

भरतपुरमा चार सय ५० मत गन्दा पनि दाहाल र सुवेदी बराबर

इकागज |
बैशाख ३१, २०७९ शनिबार १९:५१ बजे

चितवन - भरतपुर महानगरपालिकामा रेणु दाहाल र विजय सुवेदी बराबरी मत ल्याएका छन् ।

चार सय ५० मत गणना हुँदा गठबन्धनका तर्फबाट नेकपा माओवादीकी मेयर उम्मेदवार दाहालले १ सय ६७ मत ल्याएकी छिन् ।


त्यस्तै एमालेका मेयर उम्मेदवार विजय सुवेदीले पनि १ सय ६७ ल्याएका छन् ।

वडा नम्बर १ मा मत गणना हुँदा दुवै जनाले बराबर मत प्राप्त गरेका छन् ।

सैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेल ५१ मत ल्याएका छन् ।

यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेकाे थियाे ।

यस्तै गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उपमेयर उम्मेदवार २ सय ७ र राप्रपाका हिमला गुरङ्गले १ सय १७ मत ल्याएका छन् ।अहिले तीन वटा मतगणना केन्द्रबाट गणना भइरहेकाे छ ।

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।

महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।

भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो । 


Author

थप समाचार
x