रोजगारी

सात महिनामा १० हजारले लिए राहदानी

इकागज |
फागुन १, २०७९ सोमबार १४:३९ बजे

नवलपुर- नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)बाट चालु आर्थिक वर्ष २०७९/८० को पछिल्लो सात महिनाको अवधिमा करिब १० हजार व्यक्तिले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत साउनदेखि माघसम्म करिब १० हजार जनाले राहदानी लिएका हुन् । 

रामग्राम नगरपालिकाअन्तर्गत सुरक्षित आप्रवासन सामी परियोजनाका अनुसार वैदेशिक रोजगारलाई सकारात्मक र नकारात्मक दुवै पाटोले हेर्दा ५६ प्रतिशत घरमा रेमिटेन्स भित्रिएको छ भने नेपालको करिब ४० लाख जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा कुनै न कुनै रूपमा देश बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।


वैदेशिक रोजगारीका कारण समाजमा सामाजिक र वैदेशिक समस्या बढ्दो रहेको परियोजनाले जनाएको छ । विगतमा महिला वैदेशिक रोजगारीबाट फर्केपश्चात् आफू वैदेशिक रोजगारीबाट फर्केको भन्नसक्ने अवस्था नरहेको, कुण्ठित रूपमा बस्नुपर्ने अवस्था रहेको भन्दै अहिले केही परिवर्तन आएको परियोजनाको निष्कर्ष छ ।


Author

थप समाचार
x