रोजगारी

वैदेशिक रोजगारमा जानेलाई सघाउँदै ‘उज्वल सपना’

इकागज |
बैशाख ९, २०८० शनिबार ९:५३ बजे

काठमाडौँ- गैर सरकार संस्था इसारा नेपालले वैदेशिक रोजगारमा जाने श्रमिकलाई सघाउने उदेश्यले ‘उज्वल सपना’ नामक एप ल्याएको छ । उज्वल सपना एपले वैदेशिक रोजगारमा जाने प्रक्रियाका सबै चरणहरुलाई सहज तथा व्यवस्थित गर्ने इसारा नेपालले दावी गरेको छ ।

वैदेशिक रोजगारमा जान चाहनेहरुले यस एपमार्फत वैदेशिक रोजगारका कामहरू खोज्न र आवेदन दिन सक्नेछन् भने उनीहरूले राम्रा अवसरहरू कसरी खोज्ने र शोषण तथा अनौपचारिक दलालहरूको ठगीबाट कसरी बच्ने विषयहरूमा सेवा प्रदायकहरू तथा अन्य कामदारहरूले प्रदान गर्ने उपयोगी जानकारीहरू समेत प्राप्त गर्न सक्नेछन् ।


यसमा जिम्मेवार म्यानपावर कम्पनीहरू र रोजगारदाताहरूले उज्वल सपना एपमा विभिन्न रोजगारीहरूको विज्ञापन गर्नुको साथै वैदेशिक रोजगारमा जाने प्रक्रियाका सबै चरणहरूलाई व्यवस्थापन गर्ने इसारा नेपालले जनाएको छ ।


Author

थप समाचार
x