ऊर्जा

इप्पान निर्वाचन : कार्की समूहको टीम घोषणा, कसको उम्मेदवारी कुन पदमा ?

इकागज |
जेठ २९, २०८० सोमबार १२:२९ बजे

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आउँदो जेठ ३२ गते हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी गणेश कार्कीको समूहका उम्मेदवारहरूको घोषणा भएको छ । सोमबार होटल अरन्यामा कार्की समूहले उम्मेदवारहरूको घोषणा गरेको छ ।

कार्की समूहको वरिष्ठ उपाध्यक्षको उम्मेदवारमा मोहनकुमार डाँगी, उपाध्यक्षको उम्मेदवारमा आशिष गर्ग, उपाध्यक्षको उम्मेदवारमा भरतबहादुर खत्री, उपाध्यक्षको उम्मेदवारमा रामप्रसाद आचार्य उपाध्यक्षको उम्मेदवारमा आनन्द चौधरी, उपाध्यक्षको उम्मेदवारमा उत्तम ब्लोन लामा र महासचिव उम्मेदवार बलराम खतिवडा रहेको टीम सार्वजनिक गरिएको छ ।


त्यसैगरी उपमहासचिव पदको उम्मेदवारमा प्रकाश चन्द दुलाल, सचिव पदको उम्मेदवारमा भरत खड्‌का, विक्रम विष्ट, कविता पोखरेल र भरत नेपाल उम्मेदवार छन् । त्यस्तै कोषाध्यक्ष पदको उम्मेदवारमा नरेन्द्र बल्लभ पन्त रहेका छन् ।

अर्का अध्यक्षका दाबेदार किरण मल्लले पनि टीम सार्वजनिक गरिसकेका छन् ।


Author

थप समाचार
x