ऊर्जा

विद्युत विकास विभागले विभिन्‍न कार्यक्रम गरी ३० वार्षिकोत्सव मनायो

इकागज |
असार २७, २०८० बुधबार १३:१ बजे

ऊर्जा सचिव दिनेशकुमार घिमिरे रक्तदान गर्दै

काठमाडौँ-  विद्युत विकास विभागले ३० वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । बुधबार सानो गौचरनस्थित आफ्नो कार्यालयमा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम गरेर मनाएको हो ।

विभागको वार्षिकोत्सवमा रक्तदान, निःशुल्क आँखा परीक्षण र मधुमेहको परीक्षण गरिएको थियो ।


स्वास्थ्य शिविरमा ३० जनाले रक्तदान गरेका थिए । ५० जनाले आँखा र मधुमेहका परीक्षण गरिएको थियो । वार्षिकोत्सवको उपलक्ष्यमा स्वास्थ्य शिविर चलाउँदा आफ्नो र कर्मचारीले स्वास्थ्यको बारेमा जानकारी लिन पाउने सहभागी एक कर्मचारीले बताए ।

स्वास्थ्य शिविरमा उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयका सचिव, विभागका महानिर्देशक र अन्य उच्च अधिकृतको उपस्थिति थियो । विभागका सबै कर्मचारीको उल्लेख्य उपस्थिति थियो ।


Author

थप समाचार
x