ऊर्जा

बल्खुको साझा पम्पबाट चौबीसै घण्टा पेट्रोलियम पदार्थ बिक्री हुने

इकागज |
चैत २१, २०८० बुधबार १७:४५ बजे

काठमाडौँ- साझा पेट्रोल पम्प अब चौबिसै घण्टा खुला हुने भएको छ । बुधबार साझा सेवा सहकारी बल्खुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले चौबिसै घण्टा पेट्रोल पम्प खुला गर्ने कार्यक्रम उद्घाटन गरे । 

अघिल्लो साताबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्प चौबिसै घण्टा खुला गरिएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सुरक्षा निकायले आफ्ना पम्प चौबिसै घण्टा खुला गरेका थिए ।



Author

थप समाचार
x