उद्यम

चिनियाँ नाकामा देखिएका समस्याहरू समाधान गर्न व्यवसायीको माग

इकागज |
भदौ ५, २०७९ आइतबार १०:३१ बजे

काठमाडौं - दशैंको मुखमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरू समस्यामा परेका छन् । दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामानहरू रोकिएपछि व्यवसायीहरू समस्यामा परेका हुन् । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गरेका हुन् । 


'केही समयदेखि तातोपानी तथा केरुङ नाकामा केही समस्याहरू देखिएका छन् । आयातित सामाग्रीहरू चिनियाँ सीमानामा रोकिएको र निर्यात लामो समयदेखि ठप्प भएको घटनाले नेपाल राष्ट्रिय व्यवसायी महासंघको ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'चाडपर्व लक्षित सामानहरू चिनियाँ नाकामा रोकिएको र समयमा सामान आइनपुग्दा सम्पूर्ण व्यवसायीहरू धराशायी हुने खतरा बढेको छ । सीमानामा अवरोध कायम रहे धेरै उद्योगी–व्यवसायीहरू आफ्नो व्यवसायबाटै पलायन हुन सक्ने खतरा बढेको छ । यसर्थ, नाकामा देखिएका समस्याहरू समाधान गर्नका लागि आवश्यक कुटनीतिक पहल गरी यथाशिघ्र समस्याहरू समाधान गरिदिनु हुन नेपाल सरकार, परराष्ट्र मन्त्रालय लगायत सबै सरोकारवालाहरूसँग नेपाल राष्ट्रिय व्यवसायी महासंघ अनुरोध गर्दछ ।

 


Author

थप समाचार
x