उद्यम

नयाँ दिल्लीकाे हस्तकला प्रदर्शनीमा सहभागिता जनाउँदै नेपाल

इकागज |
भदौ १६, २०७९ बिहीबार १४:५० बजे

फाइल तस्बिर

काठमाडौँ- ३ देखि ६ सेप्टेम्बर २०२२ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने नवौं संस्करणको इक्जिम बजार-०२२ प्रदर्शनीमा नेपालले पनि सहभागिता जनाउने भएको छ ।

परम्परागत, समकालिनलगायत हस्त शिल्पकला, हस्तकलालगायत कला उत्पादनमा सम्लग्न उद्यमी व्यवसायी, कलाकार एवं कलाकर्मीहरूलाई प्रदर्शनी एवं बिक्री कार्यक्रमको माध्यमबाट वस्तु एवं बजार प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले साे प्रदर्शनी भारतको विभिन्न शहरमा हुँदै आइरहेको छ ।


यस पटक भारतको इण्डिया एक्जिम बैंकको आयोजनामा नयाँं दिल्लीमा हुन लागेको प्रदर्शनीमा नेपाल हस्तकला महासंघद्धारा मैनमूर्ति कलाकार मनोज शाक्य र फिलिग्री कलाकार सुरज शाक्य, काष्ठ कलाकार बज्रबहादुर शिल्पकार, रेशाजन्य बस्तु विधाका कलाकार तथा उद्यमी रमेश श्रेष्ठ र धातुमुर्ति कलाकार उदिप शाक्य गरी पाँच जनाले प्रतिनिधित्व गर्नेे जनाइएको छ ।

हस्तकला बिधामा संलग्न उद्यमी, कलाकार, कालिगढहरूको सिप, दक्षता तथा कार्यकुशलता अभिवृद्धिका साथै एकअर्काको सिप, प्रविधि अनुभव आदानप्रदन गरी व्यवसाय प्रवर्द्धनका लागि महासंघबाट समयसापेक्ष पहल एवं आवश्यक क्रियाकलाप सञ्चालन हुँदै आएको छ ।

यस प्रदर्शनीको माध्यमबाट सहभागी कलाकारमा भारतको बजारमा आफ्ना कलाकृति, उत्पादनको प्रदर्शनी गरी व्यवसाय प्रवद्र्धन गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले गरे ।


Author

थप समाचार
x