उद्यम

मुलुकको आर्थिक सूचकहरू चिन्ताजनक : अध्यक्ष गोल्छा

इकागज |
भदौ २७, २०७९ सोमबार १४:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरू चिन्ताजनक अवस्थामा रहेको बताएका छन् ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । लामो समयदेखि अर्थतन्त्रमा समस्याहरू आइरहेको उनकाे भनाइ छ । उनले अहिलेको अर्थतन्त्रको अहिलेको अवस्थालाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।


अध्यक्ष गोल्छाले अर्थतन्त्रमा देखिएका समस्या फण्डामेन्टल भएको भन्दै अर्थतन्त्रमा देखिएको समस्याबाट लयमा फर्किनको लागि केही महिना लाग्नसक्ने जिकिर गरे । उनले उद्योग व्यवसायहरू फस्टाए मात्रै विज्ञापन व्यवसाय बढ्ने दाबी गरे । उनले अर्थतन्त्र संकुचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत संकुचनमा पर्ने बताए ।


Author

थप समाचार
x