उद्यम

शिवम् सिमेन्ट्सद्वारा विद्यालयलाई स्कुलबस तथा ब्याग वितरण

इकागज |
मंसिर १७, २०८० आइतबार १३:५२ बजे

काठमाडाैँ – शिवम् सिमेन्ट्सले लक्ष्मी आधारभुत विद्यालयलाई स्कुलबस तथा विश्वप्रकाश माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ ।

सिमेन्ट उद्योगले हेटौंडा–१७, हटिया मकवानपुरस्थित लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस तथा भरतपुर–१५, मङ्गलपुर चितवन स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि स्कुल ब्याग वितरण गरेको हो ।


शिवम् सिमेन्ट्सले उद्योग तथा खानी क्षेत्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विगतका वर्षहरूमा पनि विभिन्न शैक्षिक सामग्री, छात्रवृत्ति कोषको स्थापना तथा न्यानो कपडाहरू वितरण जस्ता कार्यहरू गर्दै आइरहेको छ ।

कम्पनीका प्रतिनिधिले भने, 'विगतका दिनहरूमा पनि हामीले उद्योग संचालित क्षेत्रका विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री वितरण, शैक्षिक छात्रवृत्ति स्थापना तथा न्यानो कपडाहरू वितरण जस्ता कार्यहरू गर्दै आइरहेका थियौँ । यसपटक हामीले लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययन रत विद्यार्थीहरूलाई पठनपाठन गर्न थप हौसला मिलोस् भन्ने अभिप्रायले स्कुल ब्यागहरू वितरण गरेका छौँ।'

शिवम् सिमेन्ट्सले विगतका दिनहरूमा पनि आफ्नो सामाजिक उत्तरदायित्त्व अन्तर्गत उद्योग क्षेत्रका विभिन्न विद्यालयहरूमा छात्रवृत्तिको स्थापना, न्यानो कपडा वितरण, स्कुल बस, स्वास्थ्य शिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरण, डायलाइसिस मेसिन, अक्सिजन प्लान्टको निर्माण, एम्बुलेन्स हस्तान्तरण, सडक निर्माण, डिप ट्युब बोरिङ, वृक्षारोपण आदि जस्ता कार्यहरू गर्दै आइरहेको छ ।


Author

थप समाचार
x