उद्यम

योयो प्लाइउड कारखानाका मजदुर भन्छन्ः हामीलाई ट्रेड युनियन होइन रोजगार चाहिएको छ

इकागज |
बैशाख २, २०८१ आइतबार १४:१९ बजे

काठमाडौँ-  बाँकेको योयो प्लाइउड कारखानामा ट्रेड युनियन गठन गर्न खोज्दा विरोध भएको छ । कोहलपुर नगरपालिका १४ मा अवस्थित प्लाइउड कारखानामा ट्रेड युनियन गठन गर्न खोजिए पछि त्यहाँ कार्यरत मजदुरले विरोध जनाएका छन् ।

चार वर्षदेखि सञ्चालनमा रहेको प्लाइउड कारखानामा स्थानीय र भारतीयसहित तीन मजदुर कार्यरत छन् । उद्योगमा कार्यरत नरहेका गैह्रमजदुरसमेत राखेर ट्रेड युनियन गर्न खोजेपछि मजदुरले विरोध जनाएका हुन् ।


मजदुरको सहमतिबिना कार्यरत नरहेका फर्जी कर्मचारीको हस्ताक्षर गराएर गठन गरिएको ट्रेड युनियनको खारेजी माग गर्दै मजदुरले विरोध गरेका थिए । मजदुरहरूले गत सोमबार नेपालगञ्जस्थित श्रम कार्यालयमा विरोध गरेका थिए ।

उद्योगमा कार्यरत अधिकांश कर्मचारीले ट्रेड युनियनको आवश्यक नरहेको बताएका छन् । उद्योगमा कार्यरत एक महिला कर्मचारीले आफूलाई ट्रेड युनियनको नभइ कामको आवश्यकता रहेको बताइन् । उनले भनिन्,’ सञ्चालकले कुनै पनि मजदुरलाई दुःख नदिने र कर्मचारीको खुसी नै मेरो खुसी रहेको बताएका छन् । उद्योग नोक्सानमा गए पनि मजदुरले पाउने सेवा सुविधामा कुनै पनि कमी नल्याउने बताएका छन् ।‘

जबर्जस्ती गरेर कसैलाई दबाब दिन्न नमिल्ने उनको भनाइ छ । कसैलाई रुवाएर आफू हाँस्न नमिल्ने उनले बताइन् । कम्पनीले कुनै पनि मजदुरलाई नदिने भनेर नभनेको उनले सुनाइन् । सञ्चालकले कुनै पनि मजदुरलाई असर नपार्ने आश्वासन दिएको उनले बताइन् । घाटामा रहेको योयो कारखानाले कुनै पनि मजदुरलाई नरुवाउने उनले दाबी गरिन् । ‘हामीलाई युनियन चाहिएन मात्र रोजगार चाहिएको छ,’ उनले सुनाइन् ।

घाटामा गएको कारखानालाई बन्द गर्न षडयन्त्र गरी ट्रेड युनियन घुसेको स्थानीय मजदुर राधेश्याम अधिकारीले बताएका छन् । ‘हामीलाई युनियन चाहिएको छैन। रोजगारी चाहिएको छ । घाटामा गएको कारखानाले मजदुरलाई रोजगारी दिन्छ भने अरूलाई के को आपत्ति हो?,’ उनले प्रश्न गरे ।

उद्योग बन्दा हामी जस्ता मजदुरलाई प्रत्यक्ष असर पर्ने अर्का स्थानीय मजदुर राम खट्टेले बताएका छन् । कुनै पनि राजनीतिक दलको आस्थामा लागेर युनियन खडा गरी उद्योगलाई असर पुर्याउँन नहुने उनले बताए । उद्योगमा ट्रेड युनियन खडा गर्नुभन्दा पनि उद्योगलाई स्थापित गर्नुपर्ने उनको भनाइ छ ।

‘स्थानीयस्तरमा उद्योग हुँदा स्थानीय मानिसले रोजगार पाउँछन्,’ उनले भने ।  उद्योग स्थापना भएदेखि स्थानीय मजदुरले रोजगार पाएका छन् ।


Author

थप समाचार
x