उद्यम

श्री डिष्टिलरी लिमिटेडले आइपीओ जारी गर्ने

इकागज |
जेठ ३१, २०८१ बिहीबार १७:२० बजे

काठमाडौँ- नेपालको प्रमुख मध्येको एक मदिरा उद्योग श्री डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर निष्कासन (आइपीओ) का लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

श्री डिष्टिलरी लिमिटेडको ९ लाख ६० हजार कित्ता सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो । कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आइपीओका लागि छुट्टाएको छ । आइपीओ निष्कासनका लागि २०८१ साल जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ ।


सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट संचालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे । हस्ताक्षरपछि श्री डिष्टिलरीका संचालक सनत न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताए ।

यस्तै, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले आइपीओ निष्कासनमा श्री डिष्टिलरीले गरेको विश्वासमा धन्यवाद व्यक्त गरे ।

सम्झौतासँगै कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेस गर्ने बताइएको छ । प्रक्रिया पूरा गरी चाँडै नै कम्पनीले आइपीओ जारी गर्ने बताएको छ ।


Author

थप समाचार
x