वातावरण

आज यी चार प्रदेशमा हुनेछ मेघ गर्जनसहित बर्षा

इकागज |
बैशाख २६, २०८० मंगलबार ६:१६ बजे

फाइल फोटो

काठमाडौं - हाल देशमा  स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुसार हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।


दिउँसो  देशको पहाडी भूभागका केही स्थानमा आंशिक  बदली रही  बाँकी भूभागमा मौसम सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।

राती भने  देशको पहाडी भूभागका आंशिक  बदली रही  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश र  कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।


Author

थप समाचार
x