वातावरण

हिमपातका कारण रुकुम पश्चिममा सडक अवरुद्ध, घाम नलागेसम्म नखुल्ने

इकागज |
माघ १८, २०८० बिहीबार १७:३९ बजे

काठमाडौँ - अविरल हिमपातले रुकुम पश्चिमको जनजीवन प्रभवित भएको छ । गएराति देखिको अविरल वर्षा र हिमपातले मुसिकोट नगरपालिका  ८ खोरखाली र रिमिदह डाँडास्थित मध्य पहाडी लोगमार्गमा अवरुद्ध भएको हो । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख नमराज भट्टराई सहितको १७ जनाको प्रहरी टोलीले अत्यधिक हिमपातका कारण बाटो सफा गर्न नसकेको प्रहरीले जनाएको छ । 


अत्यधिक हिमपातको कारण घाँम नलागेसम्म बटो नखुल्नेपनि प्रहरीले जानकारी दिएको छ ।


Author

थप समाचार
x