वातावरण

कोशी ,मधेश र लुम्बिनीमा हावाहुरीसहित वर्षा

इकागज |
जेठ ७, २०८१ सोमबार ६:२८ बजे

फाइल फाेटाे

काठमाडौँ -  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली  प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी ,मधेश र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । 


शाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई  एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली  रही बाँकी भूभागमा मौसम सफा रहने छ। 

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागहरुका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


Author

थप समाचार
x