वातावरण

अब बागलुङमा मौसमसम्बन्धी सूचना दुई दिनअगावै

इकागज |
भदौ १०, २०७८ बिहीबार २०:४ बजे

काठमाडौँ – बागलुङमा मौसम विभागले जिल्लाको मौसम पूर्वानुमान जानकारी गराउन थालेको छ । बागलुङ नगरपालिकाका इञ्जिनीयर गौरव शर्माको समन्वयमा मौसम पूर्वानुमानले दुई, दुई दिनको फरकमा जिल्लाको मौसमसम्बन्धी जानकारी पठाउँदै आएको छ । पछिल्लो समय बाढीपहिरो र भू–क्षयका घटना बढ्न थालेपछि विभागले जिल्लाको मौसम पूर्वानुमान जानकारी गराउन थालेको हो । 

नगरपालिकाका इञ्जिनीयर शर्माले फेसबुक पेजमार्फत मौसमको जानकारी दिँदै नागरिकलाई सुचित गराउँदै आएका छन् । उच्च जोखिममा मौसम पूर्वानुमान हुँदा वडा तहको विपद् समितिलाई समेत जानकारी गराउँदै आएको उनले बताए । पूर्वजानकारीले मानवीय तथा भौतिक क्षतिमा कमी ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


पछिल्लो एक महिनादेखि बागलुङ, ढोरपाटन, जैमिनी नगरपालिका र निसिखोला गाउँपालिकाको मौसमसम्बन्धी जानकारी विभागले दिँदै आएको र  नागरिकलाई सूचना जारी गर्न फेसबुकमार्फत आफूले जानकारी दिँदै आएको इञ्जिनीयर शर्माको भनाइ छ । मौसमी प्रभावका आधारमा आगामी दुई दिनसम्मको मौसमसम्बन्धी जानकारी उपलब्ध गराइने र मौसम विभागलेसमेत जोखिम तालिकाअनुसार नागरिकलाई सचेत गराउँदै आएको छ ।


Author

थप समाचार
x