फेसन

इन्टेरियर डिजाइनको प्रतिस्पर्धा ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ हुँदै

इकागज |
असोज २२, २०८० सोमबार १२:२३ बजे

काठमाडौंँ -  दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पोे’ आयोजना हुने भएको छ । आयोजक आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले एक विज्ञप्ति मार्फत प्रदर्शनीको  जानकारी दिएको छ । असोज २५ र २६ गते ललितपुरको लबिम मलमा आयोजना हुने प्रदर्शनी प्रतियोगितामा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ८० विद्यार्थीका इन्टरियर सम्बन्धी सिर्जनाहरु प्रतिस्पर्धामा राखिनेछ ।

बर्जर पेन्टस् र प्राइम टाइलको मुख्य प्रायोजन रहेको प्रदर्शनीमा सहभागी ३० विद्यार्थीले थेसिस प्रोजेक्टको रुपमा आफ्नो कला प्रदर्शनीमा प्रस्तुत गर्नेछन्, भने अर्काे ३० विद्यार्थी कार्यक्रमको समापनसँगै दिक्षान्त समारोहमा सहभागी हुनेछन् । जहाँ उनीहरुलाई व्यवसायिक इन्टेरियर डिजाइनरको पदवी प्रदान गरिने छ । बाँकी विद्यार्थीले क्याफे डिजाइन थिममा रेस्टुरेन्ट र क्याफेहरु कसरी आकर्षक डिजाइन गर्न सकिन्छ भनेर प्रस्तुत गर्ने आईआईएफटीकी कार्यकारी निर्देशक बिपना थापाले जानकारी दिइन् ।


प्रदर्शनीमा सहभागी इन्टेरियर डिजाइन अध्ययन गरेका र प्रदर्शनीमा सहभागी थेसिस प्रोजेक्ट र क्याफे डिजाइन थिममा आफ्नो सिर्जनाहरु पस्किनेलाई ३, ३ जना सहभागीलाई प्रथम, दोस्रो र तेस्रो छनौट गरेर नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन  सम्बन्धी अध्ययन गराउँदै आएको कलेज हो । आईआईएफटीले आफ्नो विद्यार्थीका सिर्जना आम जनमानसमा परिचित गराउने उद्देश्यले यो कार्यक्रम गर्दै आएको हो । फेसन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्ष प्रदान गर्दै आएको  आईआईएफटीका शाखाहरु काठमाडौँको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा छ । 

नेपालकै ठूलो फेसन र इन्टेरियर अध्ययन संस्थाको रुपमा परिचित आईआईएफटीले आफ्नो अध्यायन गर्ने विद्यार्थीका लागि सिर्जना प्रस्तुत गर्न विभिन्न फेसन सो, ‘स्पेस एण्ड डिजाइन एक्सो’ लगायत कार्यक्रम आयोजना गर्दै आएको छ । विशिष्ट ब्यक्तिहरुको उपस्थितिमा उद्घाटन, प्रमाण पत्र तथा पुरस्कार वितरण र दिक्षान्त गरेर कार्यक्रम तीन चरणमा आयोजना हुने आयोजकले जनाएको छ । 


Author

थप समाचार
x