फेसन

'मिस एण्ड मिसेस ग्लोरियस ब्युटिसियन नेपाल ’को उपाधि क्रिस्मा कुँवर र श्रीमती सोलिना लामालाई

इकागज |
कात्तिक ११, २०८० शनिबार १०:४९ बजे

काठमाडौं - सौन्दर्य प्रतियोगिता ‘एन प्लस प्रोफेशनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३’को उपाधि सुश्री क्रिस्मा कुँवर र श्रीमती सोलिना लामाले जितेका छन् ।

करुणाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा एभरेष्ट इभेण्ट्सद्वारा आयोजित प्रतियोगिताको ‘मिस’ र ‘मिसेस’ विधामा क्रिस्मा र श्रीमती सोलिनाले  शीर्ष उपाधि हात पार्दा ‘मिस’ तर्फ अरुणा पुरी तथा ‘मिसेस’ तर्फ श्रीमती प्रिना राई गुरुङ फस्ट रनर अप भए । यस्तै ‘मिस’ तर्फ विनिता खड्का र ‘मिसेस’ तर्फ श्रीमती झरना काफ्ले सेकेण्ड रनर अप भए ।


प्रतियोगिता अन्तर्गत ब्राण्ड एम्बेसडरतर्फ ‘मिस’ तर्फ कृतिका गिरी र ‘मिसेस’ तर्फ श्रीमती संगम शर्मा विजयी हुँदा आयोजक छनोटतर्फ क्रान्ति घिमिरे उत्कृष्ट बने । जसमा सरिता पत्र वंशले ‘ब्युटी बिथ ब्रेन’को उपाधि जितिन् ।

प्रतियोगिताका शिर्ष टाईटल विजेताहरुले ५० हजार नगदसहित एन प्लस प्रोफेसनलबाट गिफ्ट ह्याम्पर जिते भने अन्तराष्टिय प्लेटफर्ममा सहभागी हुने अवसरसँगै एभरेष्ट फिल्म एकेडेमीमा १ लाख  बराबरको अध्ययन छात्रवृत्ति प्राप्त गरे ।

आयोजक संस्थाका प्रमुख कृष्ण श्रेष्ठ (रोविन)का अनुसार सेकेण्ड रनर अपसम्मका विजेताले सिटिईभिटि स्कूल अफ ब्यूटिसियनबाट १२ हजारको एक हप्ते कपाल र छाला मास्टर क्लास निशुल्क लिन पाउनेछन् । त्यस्तै इटालवाक्स प्रोफेशनल कस्मेटिक्स र पाईसी कस्मेटिक्सबाट उपहारहरू प्राप्त गर्नेछन् ।

विजेताहरुलाई नेपाल एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति साथै म्यागाजिन तथा पत्रिकामा फिचर्ड गरिनुका साथै विज्ञापन, म्युजिक भिडियो तथा सर्ट फिल्ममा अवसर दिइनेछ ।


Author

थप समाचार
x