फेसन

तेस्रो नेपालआइस मिस उर्लाबारी २०२२  को उपाधि दिया दाहाललाई

इकागज |
चैत ३०, २०७८ बुधबार ११:४८ बजे

काठमाडौँ - उर्लाबारी  नेपालआईस मिस उर्लाबारी २०२२ को तेस्रो संस्करणको  उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छिन्।   सोमबार साँझ होटल ग्रान्डमा सम्पन्न फाइनल राउण्डमा प्रमुख निर्णायक भिषण राईले सोधेको प्रश्नको उत्तरमा आगामी स्थानीय निर्वाचनमा  महिला सशक्तिकरण, रोजगारी र शिक्षा प्रदान गर्न  पहल गर्न सुझाब दिनुपर्छु भन्ने सटिक उत्तर दिदै उनले टप ५ बाट   मिस उर्लाबारीको ताज पहिरिएकी हुन्।

 उनले नेपालआइस मिस उर्लाबारी २०२२ उपाधिसँगै नगद पचास हजार तथा ट्रफी प्राप्त गरिन।  त्यस्तै उर्लाबारीकी ज्वाला लिम्बू फस्ट रनर अप भइन भने सेकेन्ड रनरअप उर्लाबारीकी अंकिता कटवाल भइन्। 


उनीहरुले क्रमशः नगद तीस हजार र बीस हजार रुपैयाँ प्राप्त गरे । ज्वाला लिम्बुले पब्लिक च्वाइस अवार्डको टाइटल समेत हात पारिन । त्यस्तै कुमकुम चौधरिले मिस पर्सनालिटी र एथलेटको टाइटल जितिन् भने अन्किता कटुवाल मिस ट्यालेन्ट, नलिना कट्टेल  मिस डिसिप्लिन, निशा धिमाल बेस्ट क्याटवाक , सोफिया लिम्बू मिस फ्रेन्डसीप र अबिशा लिम्बुले मिस फोटोजेनिकको टाइट्ल जितिन ।

मिस उर्लाबारी २०२२ मा १७ जना युवतीहरुले प्रतिस्पर्धा गरका थिए।  स्थानीय युवतीहरुको प्रतिभा प्रस्फुटन गर्ने अभिप्रायले आयोजना गरिएको मिस उर्लाबारी आउँदो वर्षबाट नियमित आयोजना गर्ने आयोजक सेन्ट्रल फेसन हबका अध्यक्ष जीवन चिमरियाले बताए।

सबिना पोदारको कोरियोग्राफी रहेको मिस उर्लाबारीको मुख्य निर्णायकमा सन्चारकर्मी तथा चलचित्र निर्देशक भीषण राई र अन्य निर्णायकहरुमा संचारकर्मी तथा मोटिभेसनल स्पिकर सुरेश राई, मिस टुरिजम नेपाल २०२१ आयुशा बस्नेत, मिस लिम्बु २०१७  कि फर्स्ट रनर अप सन्ध्या  तुम्बाहाम्फे, प्राचार्य ज्ञानेन्द्र सुनार र गायक निमा तामाङ रहेका थिए। निर्णायक तथा गायक निमा तामांगले आफ्ना केहि गीतहरु समेत गाएका थिए।  

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताका बिजेता तथा उप बिजेताले धरानमा आयोजना हुने मिस पुर्वान्चलमा सिधै प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने भएको छ ।  सेन्ट्रल फेसन हब उर्लाबारीको आयोजनामा भएको नेपालआइस मिस उर्लाबारी २०२२ उर्लाबारी नगरपालिकाको बिशेष  सहयोग र सिजी ब्रुअरीको मुख्य प्रायोजन र प्रिन्सेस वाइन लगायत स्थानीय व्यवसायीहरुको प्रायोजनमा सम्पन्न भएको थियो।  

यस अघि सन २०१३ मा नेमिता आङ्गबुहाङ्ग र २०१८मा रुशाली केसीले मिस उर्लाबारीको ताज जितिसकेका छन् भने नेमिता आङ्बुहाङ्ले मिस पुर्वान्चलको ताज पनि जितेकी थिइन् ।


Author

थप समाचार
x