फेसन

नयाँ एडभेन्चर सो ल्याउदै अनुप र सौगात

इकागज |
बैशाख ८, २०७९ बिहीबार १०:४१ बजे

काठमाडौँ - पछिल्लो समय नेपालमा थुप्रै रियालटी सोहरू निर्माण भएका छन् । यस्ता सोका सञ्चालनमा विभिन्न कलाकर्मी समेत देखिएका छन् ।  यस्तैमा अभिनेता अनुप विक्रम शाहीले पनि एक एडभेन्चर सोको होस्ट गर्ने भएका छन् । उनले होस्ट गर्न लागेको सोको निर्देशक सौगातमान सिंह बस्नेत रहेका छन् ।


विभिन्न पर्यटन सम्बन्धि यात्रा गराउने उद्देश्य रहेको सो देश तथा विदेशमा समेत प्रस्तुत गर्ने उद्देश्यले अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण हुनेछ । पहिलो चरणमा सोको ५ भाग निर्माण हुनेछ । यी भागमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का विषय समेटिने सोका निर्देशक सौगातमान सिंह बस्नेतले बताए ।


स्टुडियो कृयो र ब्रान्डल्यान्डसरको सहकार्यमा ट्रेकिङ टिमको प्रस्तुति रहेको सोको नाम छिट्टै एक औपचारीक कार्यक्रम मार्फत गर्ने बताइएको छ । करिब तीन दशकदेखि ट्रेकिङ र प्रर्यटन क्षेत्रमा काम गर्दै आएको टे«ेकिङ टिम कम्पनीले नेपाल, तिब्बत र भुटानमा ट्रेकिङ, माउन्टेन क्लाइम्बिङ, मोटरबाइकिङ, माउन्टेन बाइकिङका साथै थ्रुप्रै एडभेन्चर स्पोर्ट्सहरु खेलाउदै आएको ट्रेकिङ टिमका सिइयो प्रवेश देवकोटाले बताए ।

सोका लागि टेलिभिजन समेत फिक्स गर्ने तरखरमा आफु रहेको निर्देशक सौगातले बताए । ‘सोमा थुप्रै पिकहरु चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उद्देश्य हाम्रो रहेको छ’ सौगातले थपे ‘इन्टरनेसनल टुरको कल्चर सोको समेत प्लानिङ भइरहेको छ ।’ 


Author

थप समाचार
x