फेसन

मिस युनिभर्सको नयाँ संस्करणका लागि आवेदन खुल्ला

इकागज |
बैशाख २३, २०७९ शुक्रबार १४:३ बजे

काठमाडौँ - सन् २०२२ सालका लागि ‘ओरिफ्लेम मिस युनिभर्स नेपाल’को एक भव्य कार्यक्रम माझ आधिकारिक घोषणा गरिएको छ। विश्वकै प्रतिष्ठित प्रतियोगितामध्ये एक मिस युनिभर्स फ्रान्चाइज अन्तर्गत नेपालमा तेस्रो पटक आयोजना हुन लागेको यो स्वतन्त्र प्रतियोगिता हो। राष्ट्रिय निर्देशक नगमा श्रेष्ठ तथा प्रबन्ध निर्देशक उद्धव अधिकारीको नेतृत्वमा हुन गइरहेको यस प्रतियोगिता आफैमा एक कोशे ढुङ्गा हो।

ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२ (एमयूएन २०२२) समावेशिता र अवसरको जगमा उभिएर यस सौन्दर्य प्रतियोगिताको विरासत कायम राख्ने लक्ष्यमा अग्रसर छ।


पछिल्ला दुई वर्षहरूमा जस्तै मिस युनिभर्स२०२२ मा उचाइ र तौलको मापदण्ड हुने छैन, समलैङ्गिक महिलाहरूले समेत सहभागिता जनाउन पाउनेछन् र देश बाहिर रहेका अन्य नेपाली युवतीहरूको निम्ति पनि ढोका खुल्ला राखिएको छ।

ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२ को ताज पहिरिने आकाङ्क्षा राखेर आफ्नो देशलाई ७१ औँ मिस युनिभर्सको मञ्चमा प्रतिनिधित्व गर्न चाहने सबै साहसी, सशक्त र सुन्दर युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक एपमार्फत दर्ता गरी प्रतियोगितामा भाग लिन सक्नेछन्। यस एप गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरमार्फत डाउनलोड गर्न सकिन्छ।

दर्ता अवधि मे ५ देखि दुई महिना सम्मको लागि खुला रहने छ। यस अवधिमा इच्छुक सहभागीहरूले दर्ता प्रक्रियाको दौरान प्रतियोगीले प्रतियोगितामा भाग लिने उत्प्रेरणा र किन आफू विजेता बन्न योग्य छु भन्ने कुराहरू समेटिएको प्रश्नावलीहरूको उत्तर दिनु पर्नेछ।  यस दुई महिने आवेदन अवधिमा सहभागी हुन इच्छुक नेपाली तथा देश बाहिर रहेका युवतीहरूका लागि यथेष्ट समय मिल्नेछ।

यो दुई महिने अवधिमा उमङ्ग क्रिएशनले नेपालभर सक्रिय रूपमा विभिन्न कार्यक्रम तथा कार्यशाला गर्ने घोषणा गरेको छ। यस दौरान वर्तमान मिस युनिभर्स २०२१ की विजेता सुजिता बस्नेत र एमयूएन समूहले काठमाडौँभरका कलेज र मलहरू भ्रमण गर्नेछ। साथै विराटनगर, वीरगन्ज, भरतपुर, बुटवल, नेपालगन्ज, पोखरा, सुर्खेतलगायत सबै प्रदेशका सहरहरूको पनि भ्रमण गर्नेछ। अगस्ट १९मा कार्यक्रमको समापन हुनेछ ।

मिस युनिभर्स नेपाल २०२२ को विजेताले मिस युनिभर्सको ७१ औँ संस्करणको मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । १० लाख नगद पुरस्कारको अतिरिक्त, मिस युनिभर्स नेपाल २०२२ को विजेताले विद्युतीय परिवहन (इमोबिलिटी) साझेदार न्यू (एनआइयू) नेपालको तर्फबाट विद्युतीय स्कुटर समेत प्राप्त गर्नेछिन्।

पछिल्ला वर्षहरूमा झैँ चार जना उप-विजेताहरू छनोट हुनेछन् ।  तर सन् २०२१ देखि मिस युनिभर्स नेपालका उप-विजेताहरूले, अर्को वर्ष हुने राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुन भने पाउने छैनन्।


Author

थप समाचार
x