जात्रा-पर्व

राष्ट्रपति पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै पुगे वसन्तपुर

इकागज |
असोज ११, २०८० बिहीबार १५:५४ बजे

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जात्रास्थल वसन्तपुरमा पुगेका छन् । जुद्ध शमशेरको शालिकदेखि उनी हिँड्दै वसन्तपुर पुगेका हुन् । 

जुद्ध शमशेरको शालिकबाट हनुमानढोका तिर सवारी साधन लैजान काठमाडौं महानगरले रोक पनि लगाएको छ । तर, धैरै भीडभाड हुने स्थानमा सवारीसाधन लैजाँदा नागरिकलाई सास्ती हुने भएकाले राष्ट्रपति पौडेल हिँडेर गएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


इन्द्रजात्रामा राष्ट्रप्रमुख हिँडेर सहभागी भएको यो पहिलोपटक हो । 
 


Author

थप समाचार
x