जात्रा-पर्व

दसैंको टीकाको शुभसाइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा​​

इकागज |
असोज १६, २०८० मंगलबार १८:१० बजे

काठमाडौँ- पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ ।​

पञ्चाङ्ग निर्णायक समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दसैंको शुभसाइत सार्वजनिक गरेको हो ।​​


घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृत्ति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्र सम्मत देखिने उल्लेख छ।


Author

थप समाचार
x