जात्रा-पर्व

विराटनगरमा परम्परागत रूपमा फूलपाती भित्र्याइयाे

इकागज |
कात्तिक ४, २०८० शनिबार १६:५९ बजे

काठमाडौँ- मोरङका विभिन्न ठाउँ लगायत विराटनगरमा बडा दसैँको सातौँ दिन शनिबार परम्परागत रूपमा फूलपाती भित्र्याएको छ ।

विराटनगरको जिल्ला अदालतबाट बाजागाजासहित निस्किएको धार्मिक र्यालीले फूलपाती बढाई गर्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । फूलपाती भित्र्याउनु अघि र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले दसैँघरस्थित दुर्गा भवानीको मूर्तिमा सम्मान अर्पण गरेको थियो । दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा उखु, अदुवा , वेलपत्र , दारिम ,अशोकको फूल लगायतका नवपत्रिका (फूलपाती) भित्र्याइने परम्परा रहेको छ ।


फूलपातीको दिनदेखि शक्तिपीठहरूमा पूजाआजाका लागि भीडभाड बढ्ने गर्दछ । यसैगरी मोरङका शक्तिपीठहरूमा पूजाआजा गर्नेको घुइँचो लागेको छ । विराटनगरको काली मन्दिरमा सयौं भक्तजनहरूले पूजाआजा गरेका छन् । 


Author

थप समाचार
x