जात्रा-पर्व

बडादसैँ : आज महाअष्टमी, शक्तिपीठहरुमा बलि चढाइँदै

इकागज |
कात्तिक ५, २०८० आइतबार ६:१३ बजे

काठमाडौँ-  बडादसैँअन्तर्गतको आज आठौं दिन । आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ ।

दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलि चढाइनुका साथै पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।


काठमाडौँका विभिन्न शक्तिपीठमा बलि चढाइँदैछ । काठमाडौँमा रहेका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने प्रचलन छ ।

देशका अन्य स्थानहरु जस्तै जनकपुरको राजदेवी, बनेपाको चण्डेश्वरी, काभ्रेस्थित पलाञ्चोक भगवती, गोरखाको मनकामना, वीरगञ्जको गहवामाई, सप्तरीको छिन्नमस्ता, डडेल्धुरा उग्रतारालगायत पीठहरुमा पूजाआराधना गरि बलि दिने प्रचलन छ ।

तलेजु भवानीलाई ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने गरिन्छ ।

दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीक मानेर चामल, सुनचाँदीका गहना, सुपारी, जनै र नैवेद्यसहित नौ वटा वस्तुको दुर्गा थापी पूजा गर्ने चलन छ ।

कतिपयले पूजाकोठामा मूला, कुभिन्डो, घिरौंलालगायत तरकारीको बलि दिने गर्छन् ।


Author

थप समाचार
x