जात्रा-पर्व

गुलजार बन्याे काठमाडाैं, तिहारअघि नै झिलिमिली (तस्बिरहरू)

इकागज |
कात्तिक ११, २०८० शनिबार १०:३७ बजे

काठमाडाैं । तिहार आउन अझै १३ दिन बाँकी छ । तर, बजार डुल्दा झिलिमिली देखिन्छ । यो झिलिमिलीले तिहार आइसक्यो भन्ने लाग्छ ।

संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ । तिहारले छुन करिब दुई हप्ता अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यवसायिक घराना, बैंक र बीमा कम्पनी लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन् ।


धनमाथि धन कमियोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैली खेल्दै मनाइने चाड हो तिहार । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिंगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ ।

जसले यतिबेला काठमाडौं उपत्यकाका बजारहरु रंगीन छन् । दशैँ सकिनै अझै एक दिन बाँकी छ । तर काठमाडौंमा दशैँको रौनक नसकिँदै तिहारको झल्को देखिन थालिसकेको छ । यो क्रम छठ पर्वसम्म नै हुन्छ । दीपावलीमा गाउँ शहर झिलीमिली हुनु त स्वभाविक नै हो तर पछिल्लो समय पर्वहरुको अवसर पारेर बजार रंगीन बनाइन्छ ।

तस्बिरहरू : न्युज एजेन्सी नेपाल


Author

थप समाचार
x