जात्रा-पर्व

सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइयाे कोजाग्रत पूर्णिमा

इकागज |
कात्तिक ११, २०८० शनिबार १६:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व शनिबार कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी समापन हुन्छ ।


कोजाग्रत पूर्णिमासंगै दसैँ पनि सकिएको छ । दसैँ सकिएसंगै काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ । दसैँका लागि उपत्यका छाडेर घर गएकाहरू फर्कन थालेपछि उपत्यकामा चहलपहल बढेको हो । 


Author

थप समाचार
x