जात्रा-पर्व

सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु

इकागज |
बैशाख ४, २०८१ मंगलबार १९:१२ बजे

फाइल फाेटाे

काठमाडौँ - सेतो मछिन्द्रनाथको रथ जात्रा मंगलबारबाट सुरु भएको छ । 

हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथ जात्रा सुरु गर्ने गरिन्छ । जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुराइन्छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ । 


तेस्रो दिन हनुमानढोकाबाट लगनसम्म पुर्याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै जात्राको चौथो दिन रथलाई लगन आमा रुख परिक्रमा गराइन्छ । त्यस्तै वैशाख ८ गते विभिन्न स्थानमा खट जात्रा गरि जात्रा सम्पन्न गरिन्छ ।

मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ । पानी, सहकाल र दीर्घ जीवनको कामना गर्दै यो रथ जात्रा निकाल्ने गरिन्छ । 


Author

थप समाचार
x