अर्थ / बाणिज्य

घरजग्गा कर्जा: उपत्यकामा ३०, बाहिर ४० प्रतिशत मात्रै पाइने

इकागज |
साउन ६, २०७९ शुक्रबार १८:२४ बजे

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत घरजग्गा कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीति मार्फत घरजग्गाको कर्जालाई कडाइ गरेको हो । अब घरजग्गा धितो राखेर ऋण लिनेले काठमाडौं उपत्यकामा मूल्यको बढीमा ३० प्रतिशत र काठमाडौं उपत्यकाबाहिर ४० प्रतिशतसम्म मात्रै ऋण पाउने छन् ।

यसअघि उपत्यकामा ४० प्रतिशत र उपत्यकाबाहिर ५० प्रतिशतसम्म ऋण पाउने व्यवस्था थियो । भ्यालूएटरले चलनचल्ती र सरकारी मूल्यांकनलाई आधार बनाएर निकाल्ने कुल मूल्यबाट सो बराबरको ऋण पाइनेछ ।  



Author

थप समाचार
x