अर्थ / बाणिज्य

भारतले कनिका निर्यातमा रोक लगायो

इकागज |
भदौ २४, २०७९ शुक्रबार २१:५३ बजे

फाइल तस्बिर

नयाँ दिल्ली- भारतले टुक्रा चामल (कनिका)को निर्यातमा लगाएको प्रतिबन्ध शुक्रबारदेखि औपचारिक रूपमा लागू भएको अधिकारीहरूले बताएका छन् ।  

वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले बिहीबार साँझ जारी गरेको सूचनाअनुसार टुटेफुटेको चामलको निर्यात नीतिलाई निःशुल्कबाट निषेधित गरिएको छ । 


अधिकारीहरूका अनुसार यो कदमको उद्देश्य घरेलु उपलब्धता बढाउनु र स्थानीय मूल्यलाई नियन्त्रणमा राख्नु हो । 

बिहीबार भारत सरकारले आन्तरिक आपूर्तिलाई बढावा दिनको लागि गैर–बासमती चामलमा २० प्रतिशत निर्यात शुल्क लगाउने घोषणा गरेको थियो । 

विज्ञहरूका अनुसार भारतको चामल ढुवानीमा प्रतिबन्धले विश्वव्यापी खाद्य मूल्यलाई उच्च बनाउनेछ र विश्वव्यापी खाद्य मुद्रास्फीतिलाई बढाउनेछ ।

रुस–युक्रेन द्वन्द्व, खडेरी र गर्मीको लहरका कारण पहिलेदेखि नै बढिरहेको खाद्यान्नको मूल्यमा विश्वले पहिलेदेखि नै दबाबको सामना गरिरहेको छ ।

विश्वमा चामल निर्यात हुनेमध्ये ४० प्रतिशत हिस्सा भारतले ओगटेको छ । भारत सरकारले गत मे महिनामा गहुँ निर्यातमा प्रतिबन्ध लगाइसकेको छ । सिन्ह्वा


Author

थप समाचार
x