अर्थ / बाणिज्य

डिजिटल भुक्तानी प्रवर्द्धनमा ‘कनेक्ट आइपिएस’ प्रणालीलाई नेपाल राष्ट्र बैँकको सम्मान

इकागज |
बैशाख १५, २०८० शुक्रबार १४:५१ बजे

काठमाडौं – नेपालको विद्युत्तीय भुक्तानी प्रवर्द्धनमा योगदान पुर्‍याएको हुँदा ‘कनेक्ट आइपिएस’लाई गभर्नर महाप्रसाद अधिकारीले नेपाल क्लियरिङ्ग हाउसलाई प्रशंसापत्र प्रदान गरेका छन् ।

नेपाल राष्ट्र बैँकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सम्बन्धन संस्थाहरूले सञ्चालनमा ल्याएका संयन्त्र/प्रणालीहरू मध्ये नेपाल क्लियरिङ्ग हाउसको ‘कनेक्ट आइपिएस’ प्रणालीले खेलेको भूमिकालाई कदर गर्दै बिहीबार नेपाल राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवका दिन आदरणीय गर्भनरले नेपाल क्लियरिङ्ग हाउसलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।


राष्ट्र बैँकले चालू आर्थिक वर्षलाई विद्युत्तीय भुक्तानी प्रवर्द्धन वर्षको रूपमा मनाउँदै आएको छ । वार्षिकोत्सवको विशेष अवसरका दिनमा डिजिटल भुक्तानी प्रणालीका सेवाहरू संचालन गर्दै आइरहेका विभिन्न संघ संस्थाहरूलाई राष्ट्र बैंकले सम्मान गरेको हो । सम्मानले एनसीएचएललाई आफूले गर्दै आएका काम प्रति थप जिम्मेवारी बोध गराएको छ भने उक्त कार्यलाई निरन्तरता दिन थप प्रोत्साहित समेत बनाएको बताइएको छ ।

उक्त प्रणालीबाट खाता तथा वालेटमा गरिने फन्ड ट्रान्सफर, व्यावसायिक भुक्तानी हरू नेपाल सरकारको राजस्व, सेवा वापतको रकम संकलन तथा विभिन्न भुक्तानीका कारोबारहरू हुँदै आएका छन् ।


Author

थप समाचार
x